साफ यु-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । साफ यु-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मंगलबार नेपाली टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

नेपाली टोलीमा एलिजा विक, अनिता राना मगर, आशिका कार्की, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मो लो, झरना डुम्राकोटी, जुना तामाङ, क्रितिशा तामाङ, माया मास्की, मीन माया श्रेष्ठ, निर्मला आचार्य, प्रजिता राई, पुर्णिमा टाँडी, सारा लिम्बू, सब्नम राई, सलोनी कुमारी चौधरी, संगीता कुमारी मल्ल, सनु परियार, सृजना बडुवाल, सुशिला केसी र याम कुमारी विक रहेका छन् ।

प्रतियोगिता ३१ जनवरीदेखि ७ फेब्रअरीसम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बंगलादेश र  भुटान प्रतिस्पर्धा गर्दैछन् । नेपालले ३१ जनवरीमा भारतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले २ फेब्रअरीमा भुटान र ४ फेब्रुअरीमा बंगलादेशसँग खेल्नेछ । सिङ्गल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको लिगचरणबाट शीर्ष दुई स्थानमा रहने टोलीले ७ फेब्रुअरीमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *