टी-२० महिला विश्वकप ग्लोबल छनोट :टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट अन्तर्गत जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

ताजा अवस्थामा नेपालले दुई ओभरको समाप्तिमा विना विकेटको क्षतिमा १३ रन बनाएको छ । हाल विन्दु रावल ५ र सम्झना खड्का ४ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको प्लेइङ ११ : बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा(कप्तान), रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता थापा मगर, रिया शर्मा, सुमन विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *