प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रका नेपाली नागरिक अफ्ठयारोमाः भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् ।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा रावलले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताए ।

उनले भने, ‘नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ताबाट भर्खरै त्यहाँको जनताले भनेका छन्–प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनाइले सुस्ताको जनता दिनदिनै अफ्ठयारो परेको छ ।’

रावलले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीकोे अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक अफ्ठयारोेमा परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *