साफ महिला फूटसल आजबाट, पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला फूटसल च्याम्पियनसिप -२०२६ आजबाट थाइल्याण्डमा शुरू हुँदैछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सात राष्ट्रले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।

दक्षिण एसियाली फूटबल महासंघ(साफ)ले पहिलोपटक दुवै पुरुष र महिलाको फूटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । महिलातर्फको खेलहरु आजबाट शुरू हुनेछन् भने पुरुषतर्फका खेलहरु बुधबारबाट शुरू हुनेछ । प्रतियोगितामा बंगलादेश, भुटान, माल्दिभ्स, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाले सहभागिता जाउनेछन् ।

महिलातर्फ आज हुने उद्धाटन खेलमा माल्दिभ्स र भारत भिड्नेछन् । दोस्रो खेलमा पाकिस्तान र भुटान तथा तेस्रो खेलमा श्रीलंका र नेपाल प्रतिस्पर्धा गर्नेछन् । नेपाल र श्रीलंकाबीचको खेल बेलुकी ६:४५ बजे शुरू हुनेछ । नेपाली टोलीले पहिलोपटक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

नेपाली टोलीमा राष्ट्रिय फूटबल टोलीबाट खेलिसकेकी अनिता केसी, बिमला चौधरी, दीपा राई लगायतका खेलाडीहरु रहेका छन् ।

नेपाली टोली:- अनिता केसी, अन्जली मचामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी(गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, रोशनी बोहोरा क्षेत्री, सावित्री किशान(गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *