राष्ट्रिय महिला आयोगद्धारा भागरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाए

काठमाडाैं ।  राष्ट्रिय महिला आयोगले बैतडीमा हत्या गरिएकी भागरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ। आयोगले स्थलगत रुपमा तयार पारेको घटनाको प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो।

पीडकलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याई हदै सम्मको दण्ड सजाय गर्न र पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको सिफारिस गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ।

आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको नेतृत्वको टोली बैतडीको दोगडाकेदार पुगेर घटनाको अनुगमन गरेको थियो। आयोगका अध्यक्ष कमला पराजुली नेतृत्वको टोलीले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *