नेतृ आङ साङ सूकीमाथि दोस्रो अभियोग लगाइयो

सेनाले गिरफ्तार गरेकी म्यानमारकी नेतृ आङ साङ सूकीमाथि दोस्रो अभियोग लगाइएको छ।

अहिले सैनिक नेतृत्वको सरकारले म्यानमारको नेशनल डिजास्टर कानूनको उल्लंघन गरेको अभियोग लगाएको हो । मंगलबार जारी गरिएको नयाँ आरोपबारे केही स्पष्ट भएको छैन ।

यसअघि सत्ता हातमा लिएको सेनाको नेतृत्वले अवैध वाकिटकी राखेको अभियोग लगाएको थियो । त्यसको सुनुवाईका लागि भिडियो लिंक मार्फत प्रस्तुत हुने क्रममा सूकीमाथि दोस्रो आपराधिक आरोप लगाइएको हो ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै सेनाले सूकीसहितलाई पक्राउ गरि सत्ता हातमा लिएको हो । तर उसले धाँधलीको प्रमाण भने दिएको छैन । सो चुनावमा सूकीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो ।

सेनाले फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो।

सैनिक कू विरुद्ध प्रदर्शन बढ्दै जाँदा सेनामाथि दबाब बढेको छ। सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले सेनाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *