बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेका बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उजका सहयोगीले जानकारी दिएका छन् ।
भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफूहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् । एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन् ।
नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्य हर्षित रहेको बताइएको छ । “आर्ची दाइ बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तान आर्ची गत मे मा एक बर्ष पुरा भएका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनीकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाह भएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो ।
