क्यान्सर अस्पताललाई चिनियाँ दूतावासद्वारा विद्युतीय सवारी साधन प्रदान

काठमाडौँ । चीनले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले स्थानीय स्वास्थ्य सेवाको अवस्था सुधार गर्ने उद्देश्यले अस्पताललाई चीनमा निर्मित फोटोन ईभी (विद्युतीय सवारी) प्रदान गरेको हो ।

यो नेपालस्थित चिनियाँ दूतावासद्वारा कार्यान्वयन गरिएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गतको चौथो कार्यक्रम भएको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *