काठमाडौं । तोकिएको मितिमा महाधिवेशन नहुने भएपछि केन्द्रीय समितिको म्याद थप्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको बैठक बोलाएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय समितिको बैठक फागुन ५ गते बुधबार सानेपामा बस्ने भएको छ ।
सभापति देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल यही फागुन सम्म छ । २०७२ फागुनमा निर्वाचित कार्यसमितिले विधान अनुसार ४ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधान बमोजिम नै एक वर्ष थप गरिएको थियो ।
थप गरिएको अवधिमा पनि महाधिवेशन नहुने भएपछि कांग्रेसले अब संविधानको सहारा लिने भएको छ । संविधामा राजनीतिक दलको अधिकतम पदावधि साढे ५ वर्ष हुने व्यवस्था छ । सो व्यवस्था अनुसार नै २०७८ भदौसम्म कांग्रेसको कार्य लम्ब्याउन लागिएको हो ।
