झापा । सुन्दा पनि अचम्म लाग्ने घटना झापामा भएको छ ।कनकाई नगरपालिकामा दुई पुरुषले अर्का एक पुरुषलाई जबरजस्ती करणी गरि घाइते बनाएको जानकारी प्रहरीले दिएको छ । कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा ती दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएका हुन ।
गत शनिबार बेलुकी ७ बजे कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ ।
