काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बंगालले एफसीले विजयी शुरूवात गरेको छ । सोमबार दिउँसो भएको आफ्नो पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेडलाई ४-० गोलले हराउँदै बंगालले प्रतियोगितामा शानदार शुरूवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले दुई गोल गर्दा सुलान्जाना पौल र रेस्ती नान्जिरीले एक/एक गोल थपे । इस्ट बंगालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको हो ।
जितसँगै इस्ट बंगालले तीन अंक जोडेको छ । पराजित ट्रान्सपोर्टको दुई खेलबाट एक अंक रहेको छ । आजै हुने दोस्रो खेलमा काराँची फूटबल क्लब र नास्रिन स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।
