काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई प्रतिस्पर्धात्मम्क विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको हो । सुदूरपश्चिमको लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ३ छक्का र एक चौका प्रहार गरे । यस्तै इशान पाण्डेले ३८, जोश ब्राउनले २४, कप्तान दीपेन्द्र सिंह एरिले १९ र विनोद भण्डारीले १५ रनको योगदान गरे ।
विराटनगरको लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन दिएर तीन विकेट लिँदा प्रतिष जिसीले दुई र बासिर अहमदले एक विकेट लिए ।अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।
