साफ क्लब महिला च्याम्पियन्सिप आजबाट, एपीएफ र नास्रिन भिड्दै

काठमाडौं । दक्षिण एसियाली फूटबलको इतिहासमा पहिलोपटक साफ क्लब महिला च्याम्पियन्सिप हुँदैछ । काठमाडौंमा आजबाट पहिलोपटक हुने लागेको प्रतियोगितामा दक्षिण एसियाली ५ राष्ट्रका पाँच टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।

माल्दिभ्स र श्रीलंकाबाट बाहेक नेपालबाट नेपाल एपीएफ क्लब, भारतबाट इस्ट बेंगल एफसी, बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट काराँची सिटी एफसी प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछ । आज हुने उद्धाटन खेलमा काराँची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेड तथा दोस्रो खेलमा नास्रिन स्पोर्ट्स एकेडेमी प्रतिस्पर्धा  गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो दुई बजे र दोस्रो खेल बेलुकी ६ बजे शुरू हुनेछ ।

घरेलु टोली नेपाल आज जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेको छ । एपीएफमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । हालै थाइल्याण्डमा सम्पन्न भएको थ्री नेसन्स अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको टोलीका अधिकांश खेलाडी एपीएफको टोलीमा रहेका छन् ।

टोलीको गोलपोस्टमा अन्जना राना मगरसँगै सावित्री किशान र लिला जोशीले रहेका छन् । एपीएफले ब्याक लाइन मझबुत बनाउन त्रिभुवन आर्मी फूटबल क्लबबाट बिमला विक र नेपाल पुलिस क्लबबाट पुजा रानालाई अनुबन्ध गरेको छ । चोटका कारण केहि समय बाहिर रहेकी गीता रानाको आगमनले पेपरमा एपीएफको डिफेन्स  बलियो देख्न सकिन्छ । उनीहरुलाई हिरा कुमारी भुजेल, मन माया दमाई, निशा ठोकर, प्रतीक्षा चौधरी, गीता राना र सजनी ठोकरले साथ दिनेछन् ।

यस्तै मिडफिल्डमापनि अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । चोटका कारण थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेल गुमाएकी सविता राना मगर यस प्रतियोगिता भने खेल्नेछिन् । तर टोलीलाई प्रीति राईको साथ भने हुनेछैन । एपीएफको मिडफिल्डमा कप्तान अनिता बस्नेतसँगै रेनुका नगरकोटी, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल, हिमा रावत र रोशनी बोहोरा क्षेत्री रहेका छन् ।

यस्तै एपीएफले पुलिस क्लबबाट युवा फरवार्ड मीना देउवालाई अनुबन्ध गरेको छ । मीनासँगै अनिता केसी, कुशुम खतिवडा र शोभा कुमारी प्रधानले एपीएफको फरवार्ड लाइन सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *