सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *