एनपीएलमा लुम्बिनीको तेस्रो जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा लुम्बिनी लायन्स विजयी भएको छ । बुधबार बेलुकी सम्पन्न खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले हराएको हो ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । लुम्बिनीको जितमा डार्सी शर्टले अर्धसतक बनाए । उनले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै निरोशन डिकवेलाले २९, सन्दिप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १० रन बनाए ।

विराटनगरको लागि सुबाश भण्डारी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा बासिर अहमदले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाउँदा बासिर अहमदले २८, साम हेजलेटले २७, फाफ डु प्लेसिसले १२, प्रतिष जिसीले ११ र मर्चान्ट डे लान्गेले १० रन बनाए ।

लुम्बिनीको लागि शेर मल्लले तीन विकेट लिँदा जेजे स्मित, अभिशेष गौतम र रुबिन ट्रम्पेल्मनले समान एक/एक विकेट लिए ।

जितसँगै लुम्बिनी ६ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको  विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *