मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि बैठक दुई बजेसम्मका लागि स्थगित

जनकपुरधाम । मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ । बिहान १०ः३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि दिउसो २ बजे सम्मको लागि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ उपसभामुखले मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्न समय दिएकी थिइन् । तर बैठकमा मुख्यमन्त्रीसहित सत्तापक्षका सांसद उपस्थित नभएपछि बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित  गरिएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिनका लागि आज प्रदेशसभा बैठक बोलाइएको थियो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *