काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
बुधबार सामाजिक संजालमार्फत शिक्षामन्त्री पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको र नगरे अनुदान रोक्ने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन भैरहेको छ । पीडित अविभावकहरुले पनि जानकारी दिन सक्नु हुनेछ।’
’
