एसिया कपमा छनोट हुँदै नेपाली युवा टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

मंगलबार बेलुका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घले स्वागत गरेको थियो ।

एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । नेपाल फाइनलमा आयोजक युएईसँग २७ रनले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *