काठमाडौं । भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको जानकारी नयाँदिल्लीस्थित नेपाली दूतावासलाई गराएको छ ।
सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा आगलागी भएको थियो । भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार आगलागीमा परी घाइते भएकामध्ये सात जनालाई अस्पताल भर्ना गरिएको छ । सामान्य अवस्थामा रहेका २० जना भने समान्य उपचारपछि फर्किसकेका छन् ।
