सुदूरपश्चिमविरुद्ध जनकपुर पहिले ब्याटिङ गर्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत केही बेरमा सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा जनकपुरका कप्तान वाइन पर्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

जनकपुरका नियमित कप्तान अनिल कुमार शाह बेन्चमा रहेपछि पर्नेलले टोलीको कप्तानी सम्हाल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *