काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो ।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए । उनले भने, ‘हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिएपनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।’
लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे । उनले भने, ‘नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।’
विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए ।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताए ।
