सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी थापालाई

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।

यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई सो जिम्मेवारी दिइएको हो ।

उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *