रौतहटबाट दुई वटा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट शनिबार सशस्त्र प्रहरीले दुई वटा अटोमेटिक पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल सशस्त्र प्रहरीले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोबाट खटिएको टोलीले उनलाई बेरेडा मेडईन ईटाली र सीएफ ९८९(०००१६९०८२६६) लेखेको दुई वटा अटोमेटिक पेस्तोल, त्यसका दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *