इरान, पाकिस्तान र टर्कीबाट करिव तीन लाख अफगान नागरिक निर्वासित

काबुल । लगभग ६० लाख विदेशी नागरिकहरू हाल देशमा बसिरहेको जनाउदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु वर्षमा १५ लाख भन्दा बढी आप्रवासीहरू अफगानिस्तानमा फर्केको जानकारी दिएका छन् ।

उनीहरुको स्वदेश फिर्तीको पुष्टि गर्दै, इरानको छिमेकी राष्ट्रहरूसँग “ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध“ भए पनि आप्रवासीहरूलाई व्यवस्थित गर्ने इरानको क्षमता सीमित रहेको बताएको मिडियाले जनाएका छन् ।

मोमेनीलाई उदृत गर्दै स्वदेश फर्किनेहरु मध्ये ७० प्रतिशत भन्दा बढी स्वेच्छाले फर्केको टोलो न्यूजले जनाएको छ ।

यद्यपि, इरानी अधिकारीहरूले इरान र पाकिस्तानमा अफगान आप्रवासीहरूले कडा नीतिहरू र बढ्दो निर्वासन प्रणलीको कारण कठिन परिस्थिीतीको सामना गर्न बाध्य भएको जनाएका छन् ।

इरानमा रहेका अफगान आप्रवासीहरुले इरानी सरकारले आप्रवासीहरूलाई कुनै रोजगारी नदिइने घोषणा र्गुका साथै अगामी दिनमा अफगान बालाबलीकाहरुलाई स्कुलमा भर्ना नगर्ने सुचना जारी गरि आप्रवासीहरूका ब्याङ्क कार्ड तथा सिम कार्डहरू निष्क्रिय गरिएको बताएका छन् ।

यसैबीच अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विदेशमा अफगान कैदीहरू संलग्न भएको नयाँ घटनाक्रमको रिपोर्ट जारी गर्दै हालसालै पाकिस्तानको जेलबाट दुई हजार भन्दा बढी अफगान आप्रवासीहरू रिहा भएको जनाएको छ ।

मन्त्रालयको प्रवक्ता अब्दुलमुतालिब हक्कानीले एक महिना भन्दा कम समयमा इरान, पाकिस्तान र टर्कीबाट २ लाख ८४ हजार भन्दा बढी अफगानी नागरिकलाई निर्वासित गरिएको बताए ।

उनले पाकिस्तानी जेलहरूबाट रिहा भएका दुई हजार ७६ कैदीहरूसहित निर्वासित आप्रवासीहरूको कुल सङ्ख्या दुई लाख ८४ हजार ७१७ पुगेको बताए ।

अफगानिस्तानमा युएनएचसीआरका प्रतिनिधिले हालै इरानबाट फर्केका अफगान आप्रवासीहरूमाथि बढ्दो दबाबको चेतावनी दिदै यो प्रवृत्ति अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा देखा परेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *