बारा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ ।
बिहीबार पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आएपनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।
बुधबार पार्टीको कार्यक्रममा काठमाडौंबाट आउन लागेका महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए । त्यसपछि सिमरामा कफ्र्यु समेत लगाइएको थियो ।
