काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ । आज एक तोला सुनको मोल दुई लाख ४३ हजार निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
