काठमाडौं । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रदर्शन मितिसँगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको फिल्मलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेस गरेका छन् । फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदै छन् ।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बू, कुमार न्यौपाने र विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
