काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से ४.९८ अंकले घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।
आज नेप्सेमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
