निर्वाचन अनुगमनका लागि आयोगको उच्चस्तरीय टोली परिचालन

काठमाडौँ । निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन भएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी देशैभर अनुगमन टोली खटाएको जनाएको हो । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको छ ।

यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *