चोरीको काठ रोक्न खोज्दा वन रक्षकको मृत्यु

दाङ । दाङमा एक वन रक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ कोहलुवा निवासी ५० वर्षीय बुद्धिराम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने १ बजेतिर राप्ती गाउँपालिका–८ जुटपानी मिलनडाँडास्थित

स्थानीय वनमा काठ चोरी गरी ल्याउँदै गरेको अवस्थामा झडपमा हुँदा विकको ज्यान गएको प्रहरीले जनाएको छ।

शंकर सामुदायिक वनबाट सोही वडाका पिपरी निवासी २८ वर्षीय बुद्धिराम चौधरीले सिसौ जातको काठ चोरी गरी ल्याउँदै गरेको अवस्थामा वनपालेद्वय विक र पूर्ण बहादुर जिसीले फेला पारी नियन्त्रणमा लिन खोज्दा चौधरी र बिकबीच बादबिवाद भई हातपात हुँदा जिसीले छुट्याएर बनपालेद्वयले चौधरीको हात बाँधेका र वनपाले विक एक्कासि भुइँमा लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उक्त घटना फरार रहेका चौधरीलाई घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *