सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स कमाउने रोनाल्डो पहिलो व्यक्ति

प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा ५०० मिलियन (५० करोड) फलोअर्स कमाएका छन् । यस उपलब्धि हासिल गर्ने रोनाल्डो पहिलो व्यक्ति हुन् ।

पोर्चुगिज फर्वार्ड रोनाल्डोको इन्स्टाग्राममा मात्र सार्वधिक २ सय ६१ मिलियन फलोअर्स रहेका छन् । फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स रहेका छन् भने ट्विटरमा ९१ मिलियन फलोअर्स रहेका छन् ।

गत हप्ता मात्र ३६ वर्ष लागेका रोनल्डोले यस सिजन सिरि ए मा १७ गोल गरिसकेका छन् । सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा रोनाल्डो शिर्ष स्थानमा रहेका छन् । तर उनको टोली युभेन्टस घरेलु लिगमा तेस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको एसी मिलानको भन्दा ७ अङ्क कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *