काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुन आवश्यक पर्न सक्ने भन्दै आजदेखि नै लागु हुने गरी विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
साथै, आयोगको स्वीकृतिबिना खापुङले काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

