अछाममा करेन्ट लागेर एक युवकको मृत्यु

अछाम  ।    अछाममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेल्लख गाउँपालिका ३ दर्वाका २५ वर्षीय खेम बुढा छन्।

उनको काशीगाड खोलामा माछा मार्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

माछा मार्नका लागि बिजुलीको तार बिछ्याएका सोही ठाउँका धिरेन्द्र शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *