भोलि र पर्सी काठमाडौंका यी ठाउँमा विद्युत जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ । साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ ।शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिनेछ ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ । सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *