गुल्मीमा छोराले गरे बाबुको हत्या

गुल्मी । गुल्मीको मालिकामा छोराले धारिलो हतियार प्रयोग गरी बाबुको हत्या गरेका छन् । छोराको आक्रमणबाट आमा पनि गम्भीर घाइते भएकी छन् ।

मालिका गाउँपालिका–३ म्यालका २७ वर्षीय टोकबहादुर विकले ५० वर्षका बाबु धनबहादुरको हत्या गरेका हुन् । घाइते आमा दिलमायाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, एसपी नारायणप्रसाद अधिकारीले टोकबहादुर हँसिया, खुकुरी र ह्याम्बरले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार टोकबहादुरको मानसिक सन्तुलन ठीक नभएको बुझिएको छ । घटनामा संलग्न टोकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको एसपी अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *