१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ

गुल्मी । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।

गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खवाङका २९ वर्षीय जगत बहादुर रानालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेका अनुसार रानामाथि मदाने गाउँपालिका ४ म्यालपोखरीकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ।

गत माघ २६ गते बालिका बलात्कृत भए पनि पीडित पक्षले बिहीबारमात्रै जिल्ला प्रहरी कार्यालय तम्घासमा उजुरी दर्ता गराएका छन्।

पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपित रानालाई बिहीबार नै पक्राउ गरेको जनाएको छ।

म्यालपोखरीकै विद्यालय निर्माणमा मजदूरको रूपमा काम गरिरहेका रानालाई सोही स्थानबाटै पक्राउ गरिएको र घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *