काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले आफूलाई रिहा गरेको बताएकी छन् । बिहीबार साँझ रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले सरकारले सरकारले चौतर्फी दबाव थेग्न नसकेपछि रिहा गरेको बताएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने बताइन् ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो । तर उनलाई पक्राउ गरेलगत्तै चौतर्फी रुपमा रिहाइको माग गरिएको थियो ।
झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको तर प्रवृृत्तिको विरोध गरेको बताइन् । केही दिनअघि गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहको महिला नेतृहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसपछि प्रधानमन्त्रीको दबावमा झाँक्रीलाई पक्राउ गरिएको बताइएको छ ।
