नेपालद्वारा युएईलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत जारी खेलमा नेपालले युएईलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी एकेडेमीमा जारी खेलमा नेपालले युएईलाई जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरको समाप्तिमा अल आउट हुँदै २ सय ३३ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सतक पूरा गरे । उनले १ सय ३० बलमा ५ चौका र २ छक्काको मद्दतमा १ सय ९ रन बनाए । यस्तै आसिफ शेखले ३५, आरिस शेखले २३ र करण केसीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

युएईको लागि जहिद अलीले ५.६ ओभरमा ४१ रन दिएर ४ विकेट लिँदा जुनाइद सिद्दिकीले तीन तथा मुहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए । अब युएईले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *