माधव र प्रचण्ड नेतृत्वबाट बिदा हुने सर्तमा एकता गर्न सकिन्छः महासचिव भूसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वबाट बिदा हुने सर्तमा माओवादीसँग एकता गर्न सकिने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार महासचिव भूसालले प्रचण्ड र नेपालले नेतृत्वबाट बिदा लिएमात्र एकता गर्न सकिने बताएका हुन् । त्यस्तै उनले झण्डा र नाम मिल्यो भन्दैमा पार्टी एकता गर्दा धोका हुनेसमेत बताएका छन् ।

उनले भनेका छन्, ‘प्रचण्ड र माधव नेपालले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । अन्यथा झण्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ ।’

भूसालले प्रचण्ड र नेपाललाई जनताले अस्वीकार गरेकाले अब फरक भूमिकामा बस्नुपर्ने उल्लेख गरे । उनले पार्टी पुनर्गठन गरेर बृहत् वाम एकताको ढोका खोल्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *