काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ । यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।
रस आठ महिना अगाडीमात्र नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकको पदमा नियुक्ति भएका थिए ।
उनको प्रशिक्षणमा नेपालले सात खेल खेलेको थियो । जसमा एक जित, दुई बराबरी र चार हार सामेल रहेको थियो ।
