काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा मागेका छन् ।
आफूलाई भेट्न नख्खु कारागार पुगेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेमार्फत लामिछानेले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला ! पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।’
आफ्ना प्रेस सल्लाहकार न्यौपानेमार्फत रविका चार सन्देशः
(१) अघिल्लाे सरकारले राजनीतिक प्रतिशाेधका आधारमा मविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खाेजिरहेकाे छु, ‘फेवर’ हाेइन। हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला!
(२) पछिल्लाे जनमतका आधारमा चाैथाे शक्ति हुनुकाे नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक पराेस् भन्ने ठान्छन्। तर, संयाेग दाेहाेरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश/लाेभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!
(४) रास्वपालाई मुलुककाे नेतृत्व गर्ने दल बनाउनु छ। त्याे क्षणिक लाभ-हानी साेचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरकाे शक्ति बनाउने दृढतामा कमजाेर हुन्न, मेहनत र समय कति लाग्छ त्याे ठूलाे कुरा हाेइन।
