निर्वाचन तोकिएको मितिमै हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।

रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अर्यालले समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने बताएका हुन् ।

‘व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्दैन, यही संविधानभित्र रहेर सङ्घीयतालाई अझ अब्बल र अझ राम्रो बनाउने हो, संविधान कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्छ’, उनले भने, ‘हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *