अमेरिकाद्वारा नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा युएईले नेपाललाई जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको हो । अमेरिकाको लागि समित पटेल र मिलिन्द कुमारले अर्धसतक बनाए । समितले १ सय बल खेल्दै ९ चौकाको मद्दतमा ७५ रन बनाउँदा मिलिन्दले ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अमेरिकाको लागि साइतेजा मुक्कामल्लले ४२, शुभम रान्जानेले १९, हर्मित सिंहले १६ तर्गा शयन जाहान्गिर र एड्रिस गोउसले ११ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ५६ रन दिएर दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *