विवादपछि पोखरामा एक जनाले गरे साथीको हत्या

पोखरा । पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा–५ पस्र्याङका स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुली माथि चक्कु प्रहार गरेका थिए । पराजुलीलाई पछाडीबाट चक्कु प्रहार भएको थियो । प्रहरीले आक्रमण गरेपछि ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको छ ।

हत्या भएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी हुन् । पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *