-ऋषि कट्टेल ।
एक दुई दिनभयो समाजिक सञ्जालमा प्रचण्ड-माधव नेपाल एकताबारे निकै चर्चा छ । पछिल्लो समयत एकताको टुंगो लागिसक्यो भनेको पनि सुनिन्छ र के पनि हल्ला गरिँदैछ भने यो एकताले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनेछ । यसले कम्युनिष्ट आनदोलनमा नयाँभ्रम पार्ने दुस्प्रयास भएकोले मात्र यो टिप्पणी गर्नु जरुरी परेको हो ।
पहिला यिनकाबारे बुझ्नु जरुरी छ । यी दुवै संसदवादमा पतन भएका विसर्जनवादी हुन् । यिनीहरु कम्युनिष्ट हैनन् भन्ने बुझ्नु जरुरी छ । यिनको एकताको आधार आउदा दिनमा संसदमा आफ्नो उपस्थिति कसरी गराउने भन्ने कुरावाट मात्र निर्देशित छ । माकुने पार्टीको एक सिट जित्ने पनि हैसियत छैन । दाहाल पार्टीको पनि निकै कमजोर उपस्थितिको संभावना छ । अब काँग्रेस वा एमाले पनि मिल्नेवाला छैनन् । उनीहरुपनि आफैं त माहादेव उत्तानो पर कसलाई दिने वरको अवस्था पुगेका छन् ।
दोस्रो कुरा यी दुवै भ्रष्टाचारका आरोपित हुन् । माकुनेको मुद्दा त अदालत पुगिसकेको छ । दाहालको जाँच सुरु भइसकोको छ । । यस्तो अवस्थामा एक्लै बसेर जोगिन नसकिने भयले यो एकतालाई भ्रष्टाचारबाट जोगिन बल पुर्याउने औजारको रुपमा प्रयोग गरिँदैछ । तेस्रो कुरा यी दुवै दिल्ली केन्द्रवाट संचालित पात्र हुन् । यिनको मिलन संविधानसभामा मनोनित गर्नेदेखि नेकपा, एमाले विभाजनसम्म छ । दिल्लीका पुराना पात्रहरु ओली, देउवाहरुले बाटो बदलेपछि दिल्ली अहिले नेपालमा पहिलो पटक कमजोर बनेको छ । यो एकता अभियानमार्फत दिल्ली आफ्नो शक्ति अलिकति भएपनि बचाउन चाहन्छ ।
यसकारण यो एकता दुई पार्टी बीचको एकता हैन । दाहाल माकुनेको स्वार्थ र मालिकको निर्देशन तामेली हो । माओवादी केन्द्र पक्षको मलाई थाहा भएन माकुने पक्षका झलनाथ, वामदेव, घनश्यामहरु भने यो एकतामा नअट्न सक्दछन् । किनकी हिजोसम्म यिनीहरु दिल्लीका प्रिय पात्र थिएनन् ।
