कञ्चनपुर । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा निकालिएको छ । भीमदत्त नगरपालिकाबाट मंगलबार बिहान शवयात्रा निकिालिएको हो ।
शवयात्रामा हजारौं मानिस सहभागी भएका छन् । नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ । विपिनको राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।
काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको विपिनको शव धनगढी विमानस्थलमा सलामी अर्पण गरेर उनको परिवारलाई बुझाएको थियो ।