१ किलो नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौ । ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ बस्ने काभ्रे भुम्लु गाउँपालिका(५ घर भएका सन्तबहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका(५ शान्तिटोल बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेत घर भएका ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने मेख तामाङ, किसपाङ्ग गाउँपालिका–१ घर भएका चन्द्र भन्ने जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन् ।
यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा बाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *