कोरोनासंग मिल्ने भाइरस एसियाका चमेरामा फैलिँदै

 

बैंकक । बैज्ञानिकहरुले एसियाका अधिकांश भागका चमेराहरुमा कोरोना भाइरससंग सम्बन्धित सार्स–कोभ–२ फैलिरहेको बताएका छन् । तिनीहरुले थाइल्यान्डको पूर्वी भागमा रहेको एक बन्यजन्तु आरक्षणमा रेहका चमेराहरुमा कोभिड १९ भाइरससंग करिव करिव मिल्ने खालका भाइरस फेला पारेका छन् ।
यसै सिलसिलामा तिनीहरुले एसियाका धेरै मुलुक र क्षेत्रहरुमा रहेका चमेराहरुमा यस्तै प्रकारका भाइरस हुनुपर्ने भविष्यवाणी गरेका छन् ।
बैज्ञानिकहरुले हालै फेला पारेको भाइरसको अस्तित्व ४ हजार ८ सय किलो मिटर दूरी सम्म फैलिएको बताइएको छ । साथै कोभिड १९ कसरी शुरु भयो भन्ने संकेतहरु यसले दिनसक्ने बताइएको छ । अनुसन्धानकर्ताहरुले भनेका छन् , ‘ नमुनाहरु निकै सिमित छन् । तर कोरोना भाइरसको सार्स –कोभ –२ को अनुवंशिक गुणहरुसंग धेरै मिल्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । र , यस्तो भाइरस एसियाका विभिन्न भागमा रहेका चमेराहरुमा छ । ’
नेचर कम्युनिकेसनमा प्रकासित यस सम्बन्धी प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले जापान , चीन र थाइल्यान्ड लगायतका मुलुकका विभिन्न क्षेत्रमा यो भाइरस रहेको औल्याएका छन् ।
विगतका अध्ययनहरुले पनि विशेष गरी चमेरा जस्तो प्राणीमा रहेको सार्स –कोभ –२ मानिसमा फैलिएको हुनुपर्ने जनाएका थिए । कोरोना भाइरसको वास्तविक शुरुवात विन्दु अझै अज्ञात रहेको छ । यसबारे विश्सव स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले गठन गरेको अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टोलीले अनुसन्धान गरिरहेको छ ।
यो टोलि कोरोना भाइरस पहिलोचोटि देखिएको चीनको पश्चिम प्रान्त हुवेइको उहान शहर पुगेको थियो । चिनिया टोलिसंगको सहकार्यमा रहेका यस टोलिले हालै कुनै प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुनसक्ने भन्ने सिद्धान्त गलत रहेको दावी गरेको थियो ।
युनिभर्सिटी अफ सिंगापुरका लिन फा वाँगको नेतृत्वमा रहेको टोलिको पछिल्लो अनुसन्धानले थाइल्यान्डको बन्यजन्तु आरक्षणमा एउटा त्रmितिम गुफामा राखिएको चमेरामा ¥याकसिएस२०३ नामक सो भाइरस पत्ता लगाएको हो । यसको जेनेटिक कोड सार्स–कोभ – २ संग ९१ दशमलव ५ प्रतिशत मिलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *