आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा शनिबार क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

नेपालले अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने यस लिगमा नेपाल हाल १६ खेल खेल्दै १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

हालै ओमानमा टी–२० विश्वकप छनौटको च्याम्पियन बनेको नेपाली टिम हाल यो सिरिज खेल्न दुबई पुगिसकेको क्यानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *