‘हत्यारालाई फाँसी दे, भागरथीलाई न्याय दे’ भन्दै महेन्द्रनगरमा विद्यार्थीकाे प्रदर्शन

कञ्चनपुर । बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै बुधबार कञ्चनपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्याका दोषीलाई कारबाही माग गर्दै महेन्द्रनगर बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले ‘वी वान्ट जस्टिस’, ‘भागरथीलाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ जस्ता नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । भागरथी हत्या भएको सात दिन बिते पनि हत्यारा पक्राउ नपरेकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीहरूले बताएका छन् ।

भागरथी भट्टको शव अझै बैतडीस्थित अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् । सोमबार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसँग आग्रह गरेको थियो । घटनाको सात दिन बित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *